नेप्से सूचक दोहोरो अंकले बढ्यो

काठमाडौँ । लामो समयको अन्तरालपछि बिहीबार नेप्से सूचक १२ अंकमाथिले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको अन्तिम कारोबार दिन समेत रहेको आज नेप्से सूचक १२.७३ अंकले बढ्दै १८ सय ६९.७३ अंकको विन्दुमा उक्लिएको हो ।

यद्यपि, नेप्से सूचक बढ्दै गर्दा यता कारोबार भने बढ्न सकेन । १२ अंकमाथिले नेप्से बढेको यस दिन जम्मा ७३ करोड २६ लाख ८९ हजार रुपैयाँ बराबरको २५ लाख ३३ हजार कित्ता बराबरको मात्र सेयर कारोबार भएको छ ।

Dengue

आज १३ वटा उपसूचक नै धनात्मक हुँदै बजारमा हरियाली छाएको छ । आज नबिल ग्रोथ फन्ड र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य क्रमशः ९.८६ प्रतिशत र ९.१६ प्रतिशतले बढेका छन् भने एनएमबी डी८७/८८ डिभेन्चर फन्डको मूल्य ५.८५ प्रतिशतले घट्न पुगेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार