सुर्नया गाउँपालिकामा सार्वजनिक बिदाका दिन पनि सेवा दिइने

बैतडी । जिल्लाका स्थानीय तहहरूले पनि सार्वजनिक बिदाको दिन पनि सेवा प्रवाह गर्ने भएका छन् । यहाँको सुर्नया गाउँपालिकाले एक सूचना जारी गर्दै बिदाको दिन पनि सेवा दिन जनाएको छ ।

शनिबारबाहेक विभिन्न चाडवाडको समयमा दिइएको सार्वजनिक बिदाका दिन गाउँपालिकाले सेवा दिने सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले जानकारी दिए । अब बिदाको दिन सबै वडा कार्यालय, स्वास्थ्य सस्था र गाउँपालिकाबाट प्रवाह हुने सेवा सञ्चालन हुनेछ ।

Dengue

नेपाल सरकारले सार्वजनिक बिदाको दिन पनि नियमित सेवा प्रवाह गर्ने व्यवस्था गरेअनुरूप गाउँपालिकाले पनि सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।

यसअघि जिल्ला प्रशासन कार्यालयले पनि सार्वजनिक बिदाको दिन सेवा प्रवाह गर्ने जनाएको थियो । प्रशासनले सार्वजनिक बिदाका दिन नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा दिने प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार