पञ्जाबमाथि मुम्बईको सहज जित

काठमाडौँ: भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा सर्वाधिक ५ पटकको विजेता मुम्बई इन्डियन्सले सहज जित निकालेको छ ।

गएराति भएको खेलमा मुम्बईले पञ्जाब किंग्सलाई ६ विकेटको सहज जित निकालेको हो ।

Dengue

जितका लागि २१५ रनको चुनौती पाएको मुम्बईले मात्र चार विकेट गुमाएर १८.५ ओभरमै २१६ रन बनाउँदै पूरा गर्यो ।

इशान्त शर्मा र सूर्यकुमार यादवको आक्रामक ब्याटिङको मद्दतले मुम्बई सहज जित निकाल्न सफल भयो ।

इशान्तले ४१ बलमा ७५ र सूर्यकुमारले ३१ बलमा ६६ रन बनाए ।

त्यसअघि पञ्जावले तीन विकेटमा २१४ बनाएको थियो । लियान लिभिङस्टोनले ४२ बलमा ८२ रन बनाएपछि त्यो टोलीको जितका लागि पर्याप्त भएन ।

मुम्बई ९ खेलबाट ५ जितसहित १० अंकका साथ लिगको छैटौँ स्थानमा छ ।

समान नतिजा ल्याएको पञ्जाब रनरेटमा पछि पर्दै सातौँमा छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार