रवि लामिछानेका गाडी चालक थापाको उपचारका क्रममा निधन

काठमाडौं । चुनाव प्रचार प्रसारका बेला चितवनमा रहँदा घरको छतबाट खसेर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा (शम्भु) को उपचारका क्रममा निधन भएको छ ।

उनको उपचारका क्रममा आज मंगलबार दिउँसो १:३५ बजे निधन भएको मेडसिटी अस्पतालले जनाएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय शम्भु भन्ने दिलबहादुर थापा वैशाख ४ गते बिहान ४ बजे चितवनमा घरको छतबाट तल भुइँमा खसेको अवस्थामा भेटिएका थिए ।

Dengue

उनलाई चितवनकै पुरानो मेडिकल कलेजमा उपचार गराए पछि थप उपचारका लागि हेलिकप्टरबाट ललितपुरको मेडिसिटी अस्पतालमा ल्याइएको थियो ।

रास्वपाका महामन्त्री मुकुल ढकालका सवारी चालक कालुराम राजवंशीसँगै राति छतमा सुतेका थापा छतबाट खसेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार