‘रबिन्द्र’बाट ‘बाबा’ बनेका सिंहको सांगितिक यात्रा समीक्षा (अन्तर्वार्ता)

भक्तराज जोशी

धनगढी । पछिल्लो सयम सांगितिक क्षेत्रमा एउटा नाम चर्चित छ, ‘बाबा सिंह’ । अझ सुदूरपश्चिम प्रदेशमा सिंहको चर्चा अलि बढी छ । नेपाली ‘पप’ सिंगरका रुपमा परिचित बाबा सिंह पछिल्ला केही समययता म्युजिक भिडियोमा पनि त्यत्तिकै मात्रामा सक्रिय छन् ।

पुरानो पुस्तालाई नयाँ र नयाँ पुस्तालाई पुरानो पुस्तासँग जोड्ने यात्रा सांगितिक क्षेत्रलाई पुलको रुपमा प्रयोग गरिरहेका सिंहको जीवन भोगाईका कथा बेग्लै छन् । उनीसँग गरिएको कुराकानी जस्ताको त्यस्तैः

Dengue

१. तपाईंको ‘बाबा सिंह’ नाम कसरी रहन गयो ?
यो मैले आफैले राखेको नाम होइन, मेरो बुवाआमाले नै राखिदिनुभएको हो । मेरो रिल नामचाहिँ रबिन्द्र सिंह हो । तर रबिन्द्र सिंह भनेर खास कसैले पनि चिन्दैनन्, सबैले बाबा सिंह भनेरै चिन्छन् । घरमा, साथिभाईले, आफन्त सबैले बाबा–बाबा भन्दाभन्दै नाम नै बाबा भयो ।

२. सांगितिक क्षेत्रमा आउनुभन्दा अघिको तपाईको विगत कस्तो थियो र अहिले कस्तो छ ?
गित त म पहिलेदेखि नै गाउँछु, म्युजिसियन पनि हुँ, सँगै मेरो छुट्टै बिजनेश पनि छ । बिहे, म्युजिक भिडियो, डकुमेन्ट्री लगायतका भिडियोहरु खिच्ने काम पनि गर्छु । खासमा यो क्षेत्रमा मेरो रुची पहिलेदेखि नै हो । अझ काम पनि यही अनि प्यासन पनि यही हुँदा अहिले झनै सजिलो भएको छ ।

विगतमा पनि मैले म्युजिक भिडियोहरु रिलिज गरेको छु । तर त्यति धेरै सफल भएन । अहिले अब आजभोलीको आवश्यकता र पुस्तालाई ध्यानमा राखेर गीत र भिडियोहरु निकाल्ने प्रयास गरिरहेको छु । केही अहिले पनि बजारमा चलेका छन् ।

३. ‘सम्झन्छु म’ गीतको बारेमा पनि भनिदिनुस् न ?
यो गीत चाहिँ म स्वयम आफैले क्रियसन गरेको हो । सुन्दा जति नै सजिलो र सहज लाग्छ, वास्तवमा गीत लेख्न त्यति सजिलो नहुने रहेछ । यो गीत लेख्न पनि मैले धेरै नै समय लगाएको हो । मैले लिरिक्स लेखें । भिडियोसम्म पुर्याउन धेरैजनाको ईफोर्ट लागेको छ । अझ भिडियोमा केटीको भूमिकामा रहेकी मेरो बहिनी हो । यो गितको सफलतामा उसको पनि ठूलो हात छ ।

यो गित पूर्ण रुपमा परिकल्पनामा आधारित छ । यो मेरो वा म नजिकको कसैको पनि जीवनमा मेल खाँदैन ।

४. सांगितिक क्षेत्रमा प्रवेश गरेपछि तपाईले एकदमै सम्झिरहने खुसीको र दुःखको क्षण के छ ?
सुखीको पल भनेको मेरो पहिलो गित सार्वजनिक हुँदको पल नै हो । हुन त हरेक गित सार्वजनिक हुँदा खुसी नै लाग्छ तर त्यसबेलाको खुसी र आनन्द नै फरक थियो ।

र दुखको क्षणचाहिँ सन् २०१८ देखि सांगितिक क्षेत्रमा प्रवेश गरेँ र त्यसबेलादेखि हरेक कामको लागि काठमाडौं नै जानुपर्ने, जे गर्न पनि काठमाडौं नै पुग्नुपर्ने । धनगढीमा केही नहुनु र जे कुराको लागि पनि राजधानी नै जानुपर्ने बाध्यता मेरो सबैभन्दा दुःखको क्षण बन्यो तर अहिले सजिलो छ । सबैकुरा यहिँबाट गरिरहेको छु ।

५. तपाईको सफलताको श्रेय कसैलाई दिनुहुन्छ ?
मेरो सफलताको आधा श्रेय म मेरो साथी प्रचण्ड लामिछानेलाई दिन्छु । उ मेरो बच्चैदेखिको साथि पनि हो । अहिले उ रेल विभागमा काम गर्छ । खासमा उ पनि आर्टिस्ट नै हो, हाम्रो सानैदेखिको लक्ष्य थियो सँगै काम गर्ने तर सोचेजस्तो भएन । तर उसले मलाई यो क्षेत्रमा प्रवेश गर्नदेखि हरेक निर्णयमा मोटिभेट गर्छ ।

योसँगै मलाई यो स्थानसम्म पुर्याउन मेरो परिवारको पनि ठूलो हात छ । मलाई जस्तोसुकै अवस्थामा पनि मेरो परिवारले साथ दिएको थियो र छ पनि । त्यसैले म मेरो सफलताको श्रेय मेरो परिवार र मेरो बाल्यकालदेखिको साथि प्रचण्डलाई नै दिन्छु ।

६. म्युजिक भिडियोबाट फिल्मतिर प्रवेश गर्ने सोच छ ?
छैन, अहिलेका लागि फिल्म क्षेत्रमा जाने कुनै पनि सोच छैन, सायद जाँदिन पनि होला । म यही म्युजिक क्षेत्रलाई नै आफ्नो जीवन बनाउने सोचमा छु । बरु केही समयपछि अहिलेको भन्दा भिडियोमा झन केही कम देखिन सक्छु । तर फिल्म क्षेत्रमा भने प्रवेश गर्ने भने सोच बनाएको छैन । अहिले गरिरहेकै काममा पनि एकदमै सकारात्मक प्रतिक्रिया पाइरहेको छु । सबैजनाले साथ दिनुभएको छ । अझै धेरै साथ पाउने विश्वास पनि गरेको छु ।

७. आम्दानी कति हुन्छ वा कसरी हुन्छ ?
म्युजिक भिडियो बनाउँदा खर्च राम्रै हुन्छ । जसरी मैले अहिले काम गरिरहेको छु, यसमा खासमा आम्दानीको मुख्य स्रोत भनेको युट्युब नै हो । र अर्को आम्दानीको स्रोत भनेको चाहिँ मेला महोत्सव, कन्सर्ट आदी नै हो । र मैलेचाहिँ पैसा कमाउछु नै भरेर यो क्षेत्रमा आएको भन्दा पनि सकेसम्म मनोरञ्जन दिने उद्धेश्य लिएर यो क्षेत्रमा आएको हुँ ।

८. अहिलेको नेपालको सांगितिक क्षेत्र, म्युजिक भिडियो वा फिल्म क्षेत्रलाई तपाई कसरी चित्रण गर्नुहुन्छ ?
हिजोको म्युजिक इन्डस्ट्री र आजको इन्डस्ट्रीमा त लाखौँ गुणा फरक छ । म्युजिकको क्वालिटी, छायांकनदेखि हरेक कुरामा धेरै फरक भएको महसुस हुन्छ । हुनत गर्नुपर्ने अझै पनि धेरै छ तर यो स्थितिसम्म आइपुग्दा एउटा छुट्टै रिभोलुसन चाहिँ भएको देखिन्छ ।

९. अहिलेसम्म कहिल्यै विवादमा पर्नु भएको छ ?
छैन, अहिलेसम्म धेरै म्युजिक भिडियोहरु निकालिसकेको छु तर विवादमा परेको छैन । होला कहिलेकाहिँ कसैले नेगेटिभ कमेन्ट गरिदिन्छन्, त्यो स्वभाविक हो तर विवादमै परेको चाहिँ अहिलेसम्म छैन ।

१०. अन्तिममा आम दर्शकहरुलाई केही भन्न चाहनुहुन्छ ?
त्यति धेरै भन्नु त केही छैन । तर मेरो खास उद्धेश्य भनेको सांगितिक क्षेत्रबाट यो क्षेत्रलाई चिनाउँ भन्ने चाहिँ छ । त्यसैले यसमा सबैलाई सहयोग गरिदिनु अनुरोध गर्छु ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार