कैलाली । बझाङमा यार्सागुम्बा टिप्न गएका एक युवकको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको छ ।
जिल्लाको सुर्मा गाउँपालिका–३ सौनगाँउका ३५ वर्षका कलक बोहराको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
उनको यार्सागुम्बा टिप्ने ठाउँबाट घर फर्किने क्रममा चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेश अवस्थीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्