आज सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै शुक्रबारको तुलनामा सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि आएको हो ।

सुनको मूल्य तोलामा १०० र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले वृद्धि आएसँगै आज छापावाल सुनको मूल्य १ लाख ९ हजार २०० रुपैयाँ कायम छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ७०० रुपैयाँ कायम छ ।

Dengue

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ६०० रुपैयाँ कायम थियो । सुनको मूल्यमा सामान्य वृद्धि आएको दिन चाँदीको मूल्य पनि बढेको छ ।

आज तोलामा ५ रुपैयाँले बढ्दै चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय १५ रुपैयाँ कायम छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार