प्रधानमन्त्री प्रचण्डसँग रवि लामिछानेको भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालुवाटार पुगेका छन्।

वैशाख १० को उपनिर्वाचनमार्फत चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा पुनस् निर्वाचित लामिछाने पहिलोपटक प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेका हुन्।

Dengue

आजको भेटमा सरकारमा सहभागी हुने नहुने विषयमा छलफल भएको बुझिएको छ। उपचुनावलगत्तै रविले पार्टीभित्र र बाहिर छलफल तीव्र बनाएका छन्।

रविले सरकारमा जाने सम्भावना नरहेको बताउँदै आइरहे पनि प्रधानमन्त्री प्रचण्ड भने रास्वपालाई पनि सरकारमा सहभागी गराउने मनस्थितिमा रहेका छन्।

निर्वाचित भएपछि लामिछानेलाई प्रधानमन्त्री प्रचण्डले फोन गरेर बधाइ दिएका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार