कोरोनाले जुराएको ‘थ्रि डि आर्ट’को कन्सेप्ट

भक्तराज जोशी

धनगढी । धनगढीमा पछिल्लो समय ‘थ्रि डि आर्ट म्युजियम’को चर्चा व्यापक छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरबेहडीमा रहेको उक्त ‘थ्रि डि आर्ट म्युजियम’मा युवायुवती, वुद्धवृद्धा, बालबालिका लगायतको उपस्थिति बाक्लै देखिन्छ ।

अझ सार्वजनिक बिदाका दिन म्युजियम घुम्नेहरुको भीड थामिनसक्नु हुन्छ । ‘थ्रि डि आर्ट म्युजियम’ कुनै उमेर समूहमा लक्षित नभई सबैको लागि भएकाले पनि म्युजियम अनुगमन गर्नेहरु बढको म्युजियमका सञ्चालक सुनिल यादवले बताउँछन् ।

Dengue

‘यो कुनै लक्षित वर्गमा केन्द्रित छैन । थ्रि डि आर्ट हामी जे कल्पना गर्छौं, त्यसलाई वास्तविक जीवनमा मनोरञ्जनका रुपमा उतार्ने कला हो । यसमा बालबालिका, वृद्धवृद्धा सबै उमेर समूहका व्यक्तिहरु रमाउन सक्छन्’, यादवले भने, ‘हाम्रो उद्धेश्य भनेको मनोरञ्जनसँगै शैक्षिक ज्ञान प्रदान गुर्नसमेत हो ।’

यस्तै सञ्चालक यादवले म्युजियमको उद्धेश्य धनगढीलाई फरक रुपमा चिनाउने पनि रहेको बताएका छन् । ‘धनगढीमा बिदा भयो भने बालबालिकालाई घुमाउने ठाउँ छैन’, उनले भने, ‘बालबालिका लाई घुमाउनेसँगै धनगढीलाई नयाँ रुपमा चिनाउनका लागि पनि म्युजियमको सुरुवात गरेको हौँ ।’

५० लाख लगानी रहेको उक्त थ्रि डि आर्ट म्युजियमले अहिले आम्दानीको केही रकम सामाजिक कार्यमा समेत लगाउँदै आएको छ । व्यवसायसँगै मनोरञ्जन र सामाजिक उत्तरदायित्व बहन गर्दै आम्दानीको केही रकम सामाजिक कार्यमा लगाउने सञ्चालक यादवले बताए । यादवका अनुसार भावी दिनमा म्युृजियममा आर्ट कक्षा सञ्चालन गर्नेसमेत तयारी रहेको छ ।

‘धनगढीमा अहिलेसम्म आर्ट कक्षा सञ्चालन भएका छैनन् तर धेरैले सिक्न चाहन्छन्’, यादवले भने, ‘यही कुरालाई ध्यानमा राख्दै भावी दिनमा आर्ट कक्षा सञ्चालन गर्ने तयारी गरेका छौँ ।’

कोरोनाकालमा भएको लकडाउनको क्रममा ‘थ्रि डि आर्ट म्युजियम’को कन्सेप्ट फ्रेको यादवको भनाई छ । विगतमा सामान्य रुपमा अन्य बिजनेश गर्दै आए पनि लकडाउनका बेलामा थ्रि डि आर्ट म्युजियमको कन्सेप्ट आएको उनले बताए । ‘लकडाउनका बेला घरमा बस्नुबाहेक केही काम हुँदैन थियो, सामाजिक सञ्जाल चलायो बस्यो, यति नै काम हुन्थ्यो’, यादवले भने, ‘त्यही बेला थ्रि डि आर्ट म्युजियमको बारेमा थाहा पाएको हुँ र धनगढीको लागि नौलो र फरक हुने भएरै यो म्युजियम सुरु गरेको हुँ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार