५०० मिटर सफाई अभियानमा डिसिएको साथ, लियो फाप्ला सफाईको जिम्मा


धनगढी, १६ बैशाख । एसपीए कलेजले सुरु गरेको ५०० मिटर सफाईं अभियानमा धनगढी क्रिकेट एकेडेमी, डिसिएले साथ दिएको छ ।
डिसिएले आफ्नो ५०० मिटर क्षेत्रभित्र पर्ने फाप्ला क्रिकेट मैदानको सरसफाईंको जिम्मा लिदैँ उक्त अभियानमा ऐक्यवद्धता जनाएको हो ।
शुक्रबार एसपीएले सन्तोषी टोलको ५०० मिटर क्षेत्र सफाईंको जिम्मा आफूले लिदैँ उक्त अभियानको शुभारम्भ गरेको थियो । संघसंस्थाले आफ्नो ५०० मिटर क्षेत्र सरसफाईंको जिम्मा सफा र स्वच्छ धनगढी बनाउँने अभियानले सार्थकता पाउने भन्दै एसपीएले उक्त अभियानको घोषणा गरेको हो ।

एसपीएले उक्त अभियानमा जोडिन आह्वान गरेपछि आफूहरुले शनिबार सफा मैदान (स्वास्थ खेलाडी) नाराका साथ फाप्ला मैदान सरसफाईंको जिम्मेवारी लिएको डिसिएका प्रबन्धक समुयल न्यौपानेले बताए ।

Dengue

यू १६ राष्ट्रिय क्रिकेट प्रतियोगिता चलिरहेका बेला फाप्लामा शनिबार डिसिएका प्रशिक्षणरत खेलाडीहरु, प्रशिक्षक र अफिसियलहरुले फाप्ला क्षेत्रको सरसफाईं गरेका थिए । हरेक हप्ता यो अभियानलाई निरन्तरता दिइने प्रबन्धक न्यौपानेले जनाए ।

हामी धनगढीका विभिन्न बिद्यालयरसंस्थाहरू संग सहकार्य गरि धनगढी सरसफाइ अभियानलाई निरन्तरता दिनेछौं ।

“फाप्ला क्रिकेट मैदान नियमित रूपमा सरसफाइ गर्ने जिम्मेवारी हामी लिन्छौं । समुदायमा रहेका मैदान, धार्मिक स्थल, टोल जस्ता सार्वजनिक स्थलको सरसफाइको जिम्मेवारी लिनुहुन सम्पूर्णमा आव्हान गर्दछौं ।” प्रबन्धक न्यौपानेले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार