कैलालीको गोदावरीमा लम्पी स्किन संक्रमण

धनगढी । कैलालीको गोदावरीमा लम्पी स्किन संक्रमण देखिन थालेको छ।

सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा लम्पी स्किनको संक्रमण भयावह बन्दै गइरहेको बेला गोदावरीको पहाडी क्षेत्रमा गाई भैँसीमा देखिन थालेको हो। लम्पी स्किन गोदावरीको वडा नम्बर–४ र १२ को पहाडी क्षेत्रमा देखा पर्न थालेको नगरपालिकाको पशु शाखाले जनाएको छ।

यस वर्ष मात्रै गोदावरीमा करिब १० वटा पशुमा यो रोग देखा परिसकेको नगरपालिकाको पशु शाखाका नायव पशु सेवा प्राविधिक टेक शाहुले बताए। उनले गोदावरीको पटैनी, हाटखोली, सिम क्षेत्रमा यो संक्रमण देखिएको बताए। यो रोगको उपचार नभएकाले संक्रमण देखिएको क्षेत्रमा घाउँ खटिरामा इन्फिेक्सन नहोस भनेर मलमहरु, एन्टिभाइटिक, पेन किलर वितरण गरिएको पशु शाखाले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार