मन्त्री साउद गृह जिल्ला आउदै

धनगढी । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य एनपी साउद परराष्ट्रमन्त्री नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला कञ्चनपुर आउदै छन्।

मन्त्री साउद काठमाडौँबाट आज (शनिबार) बिहानको जहाजमा धनगढी आउदै छन्। नेपाली कांग्रेसका जिल्ला सचिव भीम भट्टका अनुसार उनी आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने कृष्णपुर नगरपालिकाको मालुमेलामा आयोजित ग्वासी समैजी समितिको साधारणसभामा भाग लिने छन्।

Dengue

मन्त्री साउद गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कञ्चनपुर क्षेत्र नं.–२ बाट निर्वाचित भएका थिए। मन्त्री नियुक्त भएपछि गृह जिल्ला आउन लागेका साउदले पहिलो कार्यक्रम पनि आफ्नै निर्वाचन क्षेत्रमा राखेका हुन।

साधारणसभा सम्पन्न भएपछि उनी महेन्द्रनगरस्थित कांग्रेस पार्टी कार्यालयमा आउने छन्। सचिव भट्टका अनुसार पार्टी कार्यालयमा दिउसो ३ बजे स्वागत तथा बधाई कार्यक्रमको आयोजना गरिएको छ।

‘मन्त्री भएपछि उहाँ पहिलो पटक गृह जिल्ला आउदै हुनुहुन्छ, कार्यकर्ता निक्कै उत्साहित भएका छन्,’ भट्टले भने, ‘पार्टीका तर्फबाट स्वागत र बधाई कार्यक्रम राखेका छौँ।’

साँझ महेन्द्रनगरमै बास बसेर साउद आइतबार बिहान शुक्लाफाँटाको झलारीमा आफ्नो निर्वाचन क्षेत्रका अगुवा कार्यकर्तासँग भेट गर्ने कार्यक्रम छ। अढाई बजे धनगढीमा कैलालीका कांग्रेस कार्यकर्तासँग भेटघाट गरी राजधानी फर्किने छन्।

साउद ३ बैशाखमा परराष्ट्रमन्त्री नियुक्त भएका थिए। उनी यसअघि २०७० मा सिंचाईमन्त्री र २०५६ मा शिक्षा राज्यमन्त्री बनेका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार