पूर्वराजा, रानी र युवराज्ञीले सामाजिक सञ्जाल चलाउनुहुन्न : संवाद सचिवालय

पूर्वराजा ज्ञानेन्द्र शाहको सम्वाद सचिवालयले पूर्वराजा, रानी र युवराज्ञीले सामाजिक सञ्जाल चलाउने नगरेको स्पष्ट पारेको छ।

शुक्रबार सूचना प्रकाशित गरी सम्वाद सचिवालयले भनेको छ, ‘श्री ५ महाराजाधिराज सरकार, श्री ५ बडामहारानी सरकार तथा श्री ५ युवराज्ञी सरकारबाट कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरिबक्सेको बेहोरा पुनः जानकारी गराईन्छ। यस्तो निराधार कपोल्कल्पीत भ्रमजालबाट मुक्त रहन सबैमा आग्रह गर्दै आस्था र मर्यादामा आँच नपुर्याउन अनुरोध गरिन्छ।’

khadya

यसअघि पूर्वयुवराज्ञी हिमानी शाहको नामबाट भएको ट्वीटका विषयमा पूर्वप्रधानमन्त्री एवम् नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले कडा आलोचना गरेका थिए।

त्यसबाहेक पूर्वराजपरिवारका विभिन्न सदस्यको नामबाट समेत ट्वीटर र फेसबुकमा स्ट्याटस आउने गरेका छन्।

सम्वाद सचिवालयले यस सम्बन्धमा सो सचिवालयबाट मिति २०७८ मंसिर २३ मा समेत खण्डन भइसकेको स्मरण गराएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार