‘प्रसाद–२’ मा सत्ता लोभ र जातीय विभेद

नेपाली फिल्म ‘प्रसाद–२’ समाजमै घटित विषयबस्तुको कथा भएको कलाकार अर्पण थापाले बताएका छन् । शुक्रबारदेखि प्रदर्शनमा आएको यो फिल्म खासगरी सत्ता लोभ र जातीय विभेदको कथा भएको उनको भनाइ । उनले फिल्मले सामाजिक मनोभावनालाई देखाउन खोजेको जनाए ।

उनले भने, ‘समाजमा राजनीतिलाई कतिसम्म दुर्गन्धित बनाइएको छ भन्ने विषयलाई उठान गरिएको छ । जातीय विभेदका कारण भोग्नुपर्ने समस्यालाई देखाउन खोजिएको छ । व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नहुँदा नागरिकका अधिकार पिल्सिएको कथावस्तु प्रस्तुत गरिएको छ ।’ उनले फितलो कन्टेन्टलाई दर्शकले रुचाउन छोडेको भन्दै बलियो कन्टेन्ट आवश्यक रहेको पनि औंल्याए । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रका लागि सुखद रहेको बताउँदै उनले फिल्मको विकासमा सबैजना जुट्नुपर्ने धारणा राखे । यो फिल्म कास्कीकै घलेलमा पनि सुटिङ भएको थियो ।

चलचित्र पत्रकार संघ कास्की शाखाले नयाँ वर्षको क्यालेण्डर विमोचन समारोहमा पत्रकार महासंघकी केन्द्रिय सदस्य सरिता तिम्सिना पगेनी, चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देल, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदी, चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष प्रभु अधिकारी, सचिव सन्तोष बस्याल लगायत बोलेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार