एसपीएले सुरु गर्यो ५०० मिटर सरसफाई अभियान

धनगढी: एसपीए कलेजले शुक्रबारबाट ५०० मिटर सरसफाई अभियान सुरु गरेको छ । हरेक संघसंस्था वा कार्यालयले आफ्नो वरिपरिको ५०० मिटरमात्रै सफा राखिदिने हो धनगढीलाई सफा सुग्घर बनाउँन सकिन्छ भन्ने उद्देश्यका साथ उक्त अभियान सुरु गरिएको हो ।

एसपीए कलेजको प्रांग्रणबाट सुरु भएको सरसफाई कार्यक्रम सन्तोषी टोलका सडक, गल्लीहरु हुँदै पुनः कलेजमा आइ टुंग्गिएको थियो । सरसफाई कार्यक्रममा झण्डै २०० बढी विद्यार्थीहरु, प्राध्यापकहरु तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । सफा समुदाय, स्वाथ्य जीवन भन्ने नाराका साथ हामीले उक्त सरसफाई कार्यक्रम आयोजना गरिएको ग्रीन क्लब अफ एसपीएका अध्यक्ष विद्यार्थी सुनिल भण्डारीले बताए ।

Dengue

ग्रीन क्लिन धनगढीसँगको समन्वयनमा गरिएको उक्त कार्यक्रमलाई धनगढीका अरु शैक्षिक संस्था र कार्यालयहरुमा अभियानका रुपमा विस्तार गरिने ग्रीन क्लिन धनगढीका निर्देशक समुयल न्यौपानेले बताए ।
हाल ग्रीन क्लिन धनगढीले विभिन्न संस्था र कार्यालयहरुमा ग्रीन क्लब गठन गरिसकेको छ । ५०० मिटर सरसफाई अभियानलाई प्रत्येक हप्ता हरेक संघसंस्थाबाट गर्ने लक्ष्य रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार