नेपालले कतारसामु पेश गर्‍यो १ सय ५८ रनको लक्ष्य

काठमाडौं: एसीसी प्रिमियर लिग अन्तर्गत समूह ‘ए’को अन्तिम खेलमा नेपालले फितलो प्रदर्शन गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपाल ४०.३ ओभरमा १५७ रन बनाएर अलआउट भएको हो।

१.३ ओभरमा कुशल भुर्तेललाई पहिलो विकेटका रुपमा गुमाएको नेपालले कुनै पनि विकेटका लागि ठूलो साझेदारी बनाउन सकेन। ३.३ ओभरमा भीम सार्कीलाई दोस्रो विकेटका रुपमा गुमाएको नेपालले तेस्रो विकेटका रुपमा १२.४ ओभरमा आशिफ शेखलाई गुमाउँदा स्कोर बोर्डमा नेपालको अवस्था ५७-३ रहेको थियो।

Dengue

तर १५.३ ओभरमा २७ रन बनाएका कप्तान रोहित कुमार पौडेल आउट भएसँगै नेपाललाई थप दबाब बढ्यो। त्यस्तै, १७.१ ओभरमा ३ रन बनाएका कुशल मल्ल आउट भए।

२०.६ ओभरमा सोमपाल कामी अमिर फारुकको बलमा क्याचआउट हुँदा नेपालको स्कोर ८४-६ को दयनीय अवस्थामा थियो। सातौँ विकेटका रुपमा आरिफ शेख ११ रन बनाएर तथा आठौँ विकेटका रुपमा दीपेन्द्रसिंह ऐरी ८ रन बनाएर आउट भए।

ठूला सट खेल्ने सुरमा गुलसन झा २७.६ ओभरमा क्याचआउट भए। ओवासिस अहमेदको बलमा छक्का प्रहार गर्ने सुरमा झाले गरेको प्रहार बाउन्ड्रीलाइनमा गयान मुनवीराले उत्कृष्ट क्याच गरेका थिए।

अन्तिम विकेटका लागि सन्दीप लामिछाने र ललित राजवंशीले सर्वाधिक ४६ रनको साझेदारी गरे। लामिछाने ४२ रनमा अविजित रहँदा राजवंशी १ रन बनाएर आउट भए।

बलिङतर्फ कतारका अमिर फारुकले सर्वाधिक ४ विकेट लिँदा ओवइस अहमेदले ३, गायन मुनावीराले २ तथा इक्रामुल्ला खानले १ विकेट लिए।

कतार केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार