दार्चुलामा बँदेलको आक्रमणबाट सशस्त्र प्रहरी सहित पाँच जना घाइते

दार्चुला । दार्चुलामा बँदेलको आक्रमणबाट सशस्त्र प्रहरी सहित पाँच जना घाइते भएका छन् ।

मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ उकुमा बँदेलको आक्रमणबाट पाँच जना घाइते भएका हुन । सशस्त्र प्रहरीले परेड खेलिरहेको अवस्थामा बँदेलले एक्कासी आक्रमण गर्दा सशस्त्र प्रहरीका हवल्दार गोपाल साउँद, सशस्त्र प्रहरीका जवान हरिस बुडाल, ६५ वर्षीय स्थानीय जसोदसिंह महरा, २१ वर्षीय आयुष पाल र ५० वर्षीय रतन पार्की घाइते भएको प्रहरीले जनाएको छ ।

Dengue

आक्रमण गर्ने बँदेललाई मारिएको छ, भने घाइतेमध्ये रतन पार्कीलाई थप उपचारका लागि धनगढी पुर्याइएको छ । अन्य घाइतेको स्वास्थ्य अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार