दिनप्रतिदिन बिग्रिदै सेतीको अवस्था, अस्तव्यस्त सेवाले सेवाग्राही मर्कामा

भक्तराज जोशी

कैलाली । सुदूरपश्चिम प्रदेशको रेफरल सेन्टरको रुपमा रहेको सेती प्रादेशिक अस्पतालको अवस्था दिनप्रतिदिन बिग्रदो छ । पछिल्लो समय अस्पताल नयाँ नेतृत्वले सम्हालेसँगै दिनहुँजसो विभिन्न गुनासाहरु आउने गरेका छन् ।

अझ केही समयअघि अस्पतालमा सिटीस्क्यान मेसिन र एमआरआई सेवा सुरु भएसँगै अस्पताल पुग्ने सेवाग्राहीमार्फत ढिलासुस्तीका गुनासाहरु झनै बढेका हुन् । अस्पतालमा यतिबेला दिनहुँ सेवाग्राहीको निकै भीड लाग्ने गर्दछ । अस्पतालका चिकित्सकको ढिलासुस्तीका कारण सेवा प्रवाहमा कठिनाई भएको भन्दै सेवाग्राहीको गुनासो पछिल्ला दिन झनै बढ्न थालेको छ ।

Dengue

‘सरकारी अस्पतालको सेवा राम्रो हुनुपर्ने हो । तर, सेवाका नाममा सेती प्रादेशिक अस्पतालले बदनामी मात्रै कमाएको छ’, अस्पताल पुगेको सिताराम स्वाँरले भने, ‘सामान्य उपचारका लागि पनि घण्टौंसम्म लाइनमा बस्नुपर्छ । कतिबेला पालो आउँछ भन्ने टुँगो हुँदैन ।’ त्यसै पनि चाहिएको बेलामा सेती प्रादेशिक अस्पतालमा चिकित्सक नै भेटिदैनन् । भेटिए पनि सेवा प्रवाहमा साह्रै ढिलासुस्ती हुँदा मर्कामा पर्ने सेवाग्राहीको गुनासो छ ।

सेवा प्रवाहमा ढिलासुस्तीका बारेमा अस्पतालको तर्क यस्तो
यता अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले भने अस्पतालको उक्त सेवा प्रवाहमा ढिलासुस्ती भएको स्वीकार गरेका छन् । अस्पतलमा दुईजना मात्रै रेडियोलोजिस्ट भएकोले सेवा प्रवाहमा केही ढिलाई भएको उपाध्यायको भनाई रहेको छ ।

‘अहिले हामीसँग २ जनामात्रै रेडियोलोजिस्ट हुनुहुन्छ । उहाँहरुले अल्ट्रासाउन्डको पनि रिपोर्टिङ गर्नुपर्छ र सिटिस्क्यानको पनि रिपोर्टिङ गर्नुपर्छ ।’, उनले भने, ‘अस्पतालमा अल्ट्रासाउन्ड पनि उहाँहरु आफैले गर्नुहुन्छ । सिटिस्क्यान गर्ने कर्मचारी त छन् त उनीहरुले रिपोर्ट बनाउँदैनन् । अल्ट्रासाउन्ट सकिएपछि सिटिस्क्यानमा जानुपर्ने हुँदा सेवा प्रवाहमा ढिलाई भएको हो, अन्यथा केही होइन ।’

त्यस्तै, उनले सिटिस्यानका सेवा सुरु गरेपछि अस्पतालमा सेवाग्राहीको फ्लो बढे पनि चिकित्सक कम हुँदा समस्या देखिएको स्वीकार गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार