दोहोरो अंकले बढ्यो नेप्से, १६८ कम्पनीको सेयरमूल्यमा वृद्धि

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से १७.३६ अंकले वृद्धि हुँदा १९०५.६८ अंकमा बन्द भएको छ । मंगलबार म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा वृद्धि हुँदा कारोबार रकममा पनि वृद्धि भएको छ ।

बजारलाई लिड गर्ने बैंकिङ उपसूचक नै ०.९९ प्रतिशतले वृद्धि हुँदा होटल तथा पर्यटन उपसूचक सर्वाधिक १.९२ प्रतिशत र उत्पादनमूलक उपसूचक १.८२ प्रतिशतले वृद्धि भएको छ । सोमबार ७५ करोडमा सीमिति भएको कारोबार रकम मंगलबार बढेर ८८ करोड ५६ लाख रुपैयाँ पुगेको हो ।

Dengue

मंगलबार कारोबार भएकामध्ये शिवम् सिमेन्टको सर्वाधिक ७ करोड ९ लाखको कारोबार हुँदा कालिञ्चोक दर्शन लिमिटेडको ३ करोड १ लाख र नबिल बैंकको करिब २ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ ।

मंगलबार सेयर बजारमा कुल २१७ कम्पनीको सेयर कारोबार भएकोमा १६८ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । त्यस्तै ४४ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ५ कम्पनीको भने स्थिर रहेको छ । मंगलबार कारोबार भएकामध्ये तारागाउँ रिजेन्सी होटलको सेयरमूल्य सर्वाधिक ८ प्रतिशतले वृद्धि हुँदा खप्तड लघुवित्तको सेयरमूल्य ७.८५ प्रतिशत र सिद्धार्थ प्रिमियम इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ४.५१ प्रतिशतले वृद्धि भएको छ ।

यता पिपुल्स पावर कम्पनीको सेयरमूल्य सर्वाधिक ४.६७ प्रतिशतले गिरावट हुँदा धौलागिरि लघुवित्तको सेयरमूल्य ३.५० प्रतिशतले गिरावट भएको छ । यस्तै सनराइज ब्लुचिप फण्डको इकाइमूल्य सर्वाधिक १० प्रतिशतले गिरावट भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार