अत्तरियाको होटलमा एक जना मृत फेला

धनगढीः कैलालीको गोदावरी नगरपालिका (अत्तरिया) को एक होटलमा एक जना मृत फेला परेका छन्।

गोदावरी नगरपालिका पहाड रोड बसपार्क अगाडी रहेको न्यु सत्कार होटल एण्ड लजमा यही बैशाख १० गते राति बास बस्न आएका करिब ४० वर्षीय मोहनसिंह डडाल कोठाभित्रै मृत अवस्थामा फेला परेका हुन्। दार्चुलाको ब्यास गाउँपालिका–३ का डडाल सो होटलमा १० गते राति बास बस्न आएका थिए।

Dengue

उनी होटलकै कोठाभित्र मृत अवस्थामा ११ गते साँझ फेला परेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। घटनाको विषयमा प्रहरी अहिले अनुसन्धान गरिरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार