धुम्रपान गर्ने व्यक्तिलाई सबैभन्दा धेरै हुन्छ यी ५ समस्या

एजेन्सी। धुम्रपान गर्ने व्यक्तिमा स्वास्थ्य समस्याहरू देखिने खतरा धेरै हुन्छ । यस्ता व्यक्तिमा रक्तचाप, हृदयघात वा उच्च कोलेस्ट्रोल जस्ता समस्याहरूको खतरा धेरै हुन्छ । आउनुहोस् जानौं धुम्रपान गर्ने व्यक्तिमा कस्ता खालका बिमारी धेरै देखिन्छ।

सुक्खा आँखा: धुम्रपान गर्ने व्यक्तिहरूमा आँखा सुक्खा हुने समस्या अत्यधिक हुन्छ। किनकि, धुम्रपान गर्नाले आँखामा पर्याप्त मात्रामा आँसु बन्दैनन् जसले गर्दा आँखामा सुक्खापन आउँछ । जो सुक्खा आँखा हुने कारण बन्न सक्छ।

Dengue

उच्च रक्तचाप: धुम्रपान गर्ने बानीले उच्च रक्तचापको खतरा निम्तिन सक्छ । यसमा पाइने निकोटिनले रक्तचाप बढाउँछ र नसाहरूमा हुने रक्तसञ्चारमा दबाब सिर्जना गर्न सक्छ । जसले गर्दा मुटुसम्बन्धी समस्या पनि हुन सक्छन् ।

उच्च कोलेस्ट्रोल: धुम्रपान गर्नाले कोलेस्ट्रोलको स्तर बढ्न सक्छ । यसमा निकोटिन हुन्छ जसले एलडीएल कम हुन्छ र कोलेस्ट्रोललाई बढाउन मद्दत गर्छ । एचडीएलले कोलेस्ट्रोलको स्तरलाई घटाउने काम गर्छ ।

क्यान्सर धुम्रपान: गर्नाले शरीरका कोशिकाहरूमा प्रभावित गर्दछ । यस्तोमा सेल्सहरूले डीएनएमा हुने ड्यामेजलाई रिपेयर गर्न सक्दैन जसले गर्दा शरीरमा क्यान्सर हुने खतरा बढेर जान्छ । यसले थ्रोट क्यान्सर, इसोफोगस क्यान्सर आदि हुन सक्छ ।

मुटुको बिमारी: धुम्रपान नगर्ने व्यक्तिको तुलनामा गर्ने व्यक्तिमा मुटुसम्बन्धी विमारी धेरै हुने गर्छ । यसले हार्ट स्ट्रोक, हार्ट अट्याक आदि हुने अत्यधिक सम्भावना हुन्छ । धुम्रपान धेरै गर्नाले मुटुका मसल्सहरू कमजोर हुँदै जान्छन् जसले गर्दा मुटु रोगको खतरा बढ्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार