८० वर्षपछि भेटियो दोस्रो विश्वयुद्धमा १ हजार अस्ट्रेलियालीसहित डुबेको जापानी जहाज

दोस्रो विश्वयुद्धमा झण्डै एक हजार अस्ट्रेलियालीसहित डुबेको जापानी पानीजहाज फेला परेको छ।

यो अस्ट्रेलियाको सबैभन्दा खराब जल विपत्ति थियो। जापानले पपुवा न्युगिनीमा समातिएका अस्ट्रेलियाली सैनिक र गैरसैनिकलाई यो जहाजमा यात्रा गराइरहेको थियो।

Seti Hospital

तर, एउटा अमेरिकी पण्डुब्बी जहाजले टर्पेडो प्रहार गरी जहाज डुबाइदियो।

मोन्टेभिडिओ मारु नामक सो जहाज जुलाई १९४२ मा फिलिपिन्सनजिकै डुबेको थियो।

मारिनेहरुमा ९ सय ७९ अस्ट्रेलियाली, ३३ नर्वेली नाविक र २० जापानी गार्ड तथा चालक दलका सदस्य थिए।

यसको खोजी अभियानको नेतृत्व अस्ट्रेलियाको साइलेन्ट वर्ल्ड फाउन्डेसनले गरेको थियो। जसलाई एक डच कम्पनीले सघाएको थियो।

जहाजका भग्नावशेष समुद्रमा स्वचालित रुपमा खोजी कार्य गर्ने वाहनले फेला पारेको थियो। जहाज ४ हजार मिटरको गहिराइमा फेला परेको थियो। जुन टाइटानिकको भग्नावशेषभन्दा गहिरो स्थानमा फेला परेको हो।

यो भग्नावशेषलाई नचलाइने र मृतकका फेला परेका अवशेष र सरसामान पनि ननिकालिने साइलेन्टवर्ल्डले जनाएको छ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्टोनी अल्बानिजले यो खोजबाट मृतकका प्रियजनहरुमा केही राहत पुग्ने विश्वास व्यक्त गरेका छन्।

अमेरिकी टर्पेडोले लागेपछि जहाज तीव्र गतिमा डुबेको थियो। यो ११ मिनेटभित्रै समुद्रभित्र डुबिसकेको थियो। त्यतिबेलासम्म जम्मा तीन वटा लाइफबोटमा १०२ जना जापानीहरुको मात्र उद्दार हुन सक्यो। जो फिलिपिन्स पुगे।

जम्मा १०८९ को ज्यान गएको थियो। यसको खोजी ६ अप्रिलमा सुरु भएको थियो। बीबीसी

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार