सेती प्रादेशिक अस्पतालमा पहिलो पटक मिर्गौलाको शल्यक्रिया

धनगढी । सेती प्रादेशिक अस्पतालमा सुदूरपश्चिममै पहिलो पटक दुरविन विधिबाट मिर्गौलाको शल्यक्रिया गरिएको छ ।

प्रादेशिक अस्पतालले कैलालीको पवेरा बस्ने ४९ वर्षीया महिलाको ल्याप्रोस्कोपिक विधिबाट मिर्गौलाको शल्यक्रिया गरिएको जनाएको छ । काठमाडौँको बीर अस्पतालबाट आएका डाक्टर सुरेन्द्र बस्नेत नेतृत्वको टिमले बुधबार प्रादेशिक अस्पतालमा ती महिलाको मिर्गौलाको शल्यक्रिया गरेको हो । ‘पत्थरीका कारण उहाँको वायाँ किड्नीले काम गर्न छाडेको अवस्था थियो । हामीले दुरविन पद्धतीबाट त्यो किड्नीलाई बाहिर निकालेका हौँ,’ डा। बस्नेतले भने, ‘यो सुदूरपश्चिम प्रदेशमै पहिलो पटक भएको शल्यक्रिया हो । अहिलेसम्म यहाँका कुनै अस्पतालले गरेको छैन ।’

Dengue

शल्यक्रियामा डा। बस्नेतसँगै डाक्टर जोनस तिवारी, डा.कपिल गौतम, डा.दिपेश श्रेष्ठ र क्षितिज विक्रम तथा नर्सिङतर्फ सनिता कोइराला, पबिता बोहरा,लक्ष्मी उपाध्याय, जानकी पाण्डे, लालु डगौरा र रमैया चौधरी पनि संलग्न थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार