नेपाल-भारत सीमानाका तीन दिन बन्द हुने

बारा । यही वैशाख १० गते बारा क्षेत्र नम्बर–२ मा हुन गइरहेको उपनिर्वाचनलाई ध्यानमा राखी आजदेखि तीन दिनसम्म जिल्लासित जोडिएका भारतीय सीमानाका बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराले सूचना जारी गरी आज राति १२ देखि आइतबार राति १२ बजेसम्म जिल्लासित जोडिएका भारतीय सीमानाका बन्द रहने जनाएको छ ।

Dengue

उपनिर्वाचनलाई मध्यनजर गरी सीमानाका बन्द गर्न लागिएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए ।

यस्तै, मतदानकार्य सम्पन्न नभएसम्म जिल्लाभरि मादकपदार्थ ओसारपसार, बिक्री–वितरण र सेवनमा रोक लगाइएको छ ।

बारा क्षेत्र नम्बर–२ भित्र पर्ने हुलाकी राजमार्गलगायत सम्पूण राजमार्गमा वैशाख ९ गते राति १२ बजेदेखि वैशाख १० गते साँझ ७ बजेसम्मका लागि अत्यावश्यकबाहेक सम्पूर्ण आवागमन बन्द गरिएको प्रजिअ सापकोटाले जानकारी दिए । रासस

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार