कालो सूचीमा परे १५ निर्माण कम्पनी

काठमाडौं । सन्तोषजनक काम नभएका १५ निर्माण कम्पनी कालो सूचीमा परेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गको सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखिएका १५ निर्माण कम्पनीहरुको विवरण सार्वजनिक गरेको छ ।

शैलेन्द्र कुमार कुरुम्बाङ नेतृत्वको एस.ए.एस कन्स्ट्रक्सन प्रालि विराटनगरलाई ३ वर्षसम्म कालोसूचीमा राखिएको छ । यो कम्पनीलाई कालोसूचीमा राख्न हिलिहाङ गाउँपालिका पाँचथरले सिफारिस गरेको थियो ।

Dengue

यसैगरी दीपक सापकोटा मुख्य व्यक्त रहेको शंकरमाली निर्माण सेवा प्रालि, गोकर्ण प्रसाद पण्डित मुख्य व्यक्ति रहेको नागार्जुन कन्स्ट्रक्सन प्रालि, राजुप्रसाद श्रेष्ठ नेतृत्वको वाईपी कन्स्ट्रक्सन प्रालि र रविन कुमार जोशी नेतृत्वको रफिना कन्स्ट्रक्सन प्रालिलाई एक वर्ष तीन महिना कालो सूचीमा राखिएको छ ।

अन्य कम्पनीहरु भने एक वर्ष कालोसूचीमा परेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार