राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगियो?

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ । स्वास्थ्य समस्यापछि मंगलबार शिक्षण अस्पताल महाराजगन्ज भर्ना गरिएका राष्ट्रपति पौडेलको छातीको सङ्क्रमण कम नभएपछि थप उपचारका लागि भारत लगिएको हो ।

बुधबार श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत बिहान १० बजे त्रिभुवन विमानस्थलबाट भारत लगिएको छ । पौडेलको बिदाइ गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्र मन्त्री एनपी साउद विमानस्थल पुगेका थिए ।

Seti Hospital

राष्ट्रपति पौडेलको चिकित्सकको टोली र परिवारका सदस्य पनि सँगै गएका छन् । राष्ट्रपति पौडेलको उपचार अल इन्डिया इन्सिच्युट अफ मेडिकल साइन्समा हुने छ।

लामो समय औषधि सेवन गर्दा पनि छातीको सङ्क्रमण कम नभएपछि उपचारमा संलग्न चिकित्सकले थप उपचारका लागि भारत लैजना सुझाएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार