नागरिकताको विषयमा राष्ट्रिय सहमतिको पहल गरिन्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशका सबै योग्य नागरिकले छिटोभन्दा छिटो नागरिकता पाउनुपर्छ भन्ने पक्षमा सरकार रहेको बताएका छन् ।

तर, यो एउटा संवेदनशील विषय भएकाले राष्ट्रिय सहमति होस भन्ने चाहेको उनले स्पष्ट पारे । आज आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले संविधानले नागरिकताको हक सबै नेपालीलाई प्रदान गरेको भए पनि ऐन बनाएर मात्रै उपलब्ध गराउन भनेको स्मरण गराए । राष्ट्रपतिबाट विगतमा विधेयक फिर्ता भइसकेपछि ऐन निर्माणको प्रक्रिया अवरुद्ध बनेको उनको भनाइ थियो ।

Dengue

श्रेष्ठले भने, ‘कतिपय नागरिक नागरिकताबाट वञ्चित छन् । संविधान बमोजिम नै नागरिकता पाउनुपर्नेहरुलाई छिटो दिलाउन सरकार प्रतिवद्ध छ । तर, यो एउटा संवेदनशील विषय भएकाले राष्ट्रिय सहमति होस भन्ने चाहन्छौं । हामीबीच भएका केही भिन्न दृष्टिकोणमा विचार विमर्श गरे राष्ट्रिय सहमतिका लागि पहल गर्नेछौं ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार