सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेलसहित ९ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । नेपालको राजनीतिमा समेत चर्चित काण्डको रुपमा उल्लेख भएको सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिद प्रकरणमा अनिमितताभएको निष्कर्ष निकाल्दै सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकलपौडेल लगायत नौ जनाविरुद्धमुद्दा दायर भएको छ ।

Dengue

आईतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा अनिमितता गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल लगायत नौ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पौडेल विरुद्ध करिब पौने ३ अर्ब बराबरको बिगो कायम गरी मुद्दा दायर गरिएको छ । अन्य नौ जनाको छु्ट्टाछुटै विगो कायम गरिएको छ ।

केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसँगै मेकानिकलतर्फका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल, सहायक निर्देशक रमेशप्रसाद पोखरेल, शाखा अधिकृत मनिकमान महर्जन, लेखा अधिकृत रामबहादुर बुढा, शाखा अधिकृत शिरिष उपाध्याय, इन्जिनियरिङ मार्केटिङ कन्सर्नका प्रबन्ध निर्देशक रोहितमान प्रधान, मेपटेक विल्डिङ सर्भिसेस प्रालिका निर्देशक भुवन महर्जन, परामर्शदाता

वास्तुशिल्प एसोसिएट्सका प्रबन्ध निर्देशक मित्रलाल गुरौ बिरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । यही सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिद प्रक्रियामा नेकपा एमालेका नेता गोकुल बाँस्कोटासमेत तानिएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार