‘अगाडी बढ्न खोज्छु, मेरा पाइला पछाडी तानिन्छन्’

काठमाडौं । गायिका समिक्षा अधिकारीले आफू अघि बढ्न खोजे पनि आफ्ना पाइलाहरु पछाडीमात्रै तानिने बताएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा आफ्नो दैनिकीमा परेको दुखभाव पोख्दै उनले यस्तो बताएकी हुन् ।

‘कुनै पनि कथावस्तुको वास्तविकता अर्कै हुन्छ तर देखाउँदा त्यसलाई फरक ढंगले देखाइन्छ’, उनले लेखेकी छिन्, ‘हेर्नेले, बुझ्नेले पनि त्यसरी नै हेर्छन् र बुझ्छन् । अनी कसैलाई गालीको वर्षात हुन्छ त कसैलाई तालीको चलचित्रको कथाजस्तै मेरो जिन्दगीको कथा पनि त्यस्तै छ ।’

Dengue

सोही पोष्टमार्फत समिक्षाले आफू अगाडी बढ्न खोजै पनि पाईला पछाडीमात्रै तानिने गरेको अभिव्यक्ति दिएकी छिन् । ‘अगाडी बढ्न खोज्छु, मेरा पाइला पछाडी तानिन्छन् । मन भित्रको बह सुनाउन खोज्छु हाँसो र मजाकको पात्र बन्छु’, उनले लेखेकी छिन्, ‘आफ्ना नजरहरुलाई कहिकतै भुलाउन खोज्छु तर जताततै अध्यारो देख्छु । ए मेरो पनि भावना छ, तपाईको जस्तै । मेरो पनि मन छ । तपाईको जस्तै आँशु झर्दा दुख्छ, पोल्छ । लाग्छ अब मेरा हरकुरा अर्थहीन हुन् जस्तो ।’

सोही स्टाटसमा उनले सामाजिक सञ्जालहरुमा आफूलाई भनिएको जस्तो चरित्रहीन नभएको समेत उनले बताएकी छिन् । ‘मेरो पनि परिवार छ । पर्दामा देखिएका हरेक कुरा सही हुँदैनन्, सत्यता मनमै अड्किएर बसेको हुन्छ’– उनले लेखेकी छिन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार