परराष्ट्र मन्त्रीमा एनपी साउद नियुक्त हुने, आजै सपथको तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (आइतवार) मन्त्रीपरिषद् बिस्तार गर्ने तयारी गरेका छन् ।

Dengue

प्रधानमन्त्री कार्यालय सचिवालयका अनुसार परराष्ट्र मन्त्रीमा काँग्रेस नेता एनपी साउदले सपथ लिँदैछन् । अन्य मन्त्रीको टुंगो भने लागि सकेको छैन । साउदको सपथ आइतवार दिउँसो ३ बजेका लागि तोकिएको छ । प्रधानमन्त्री दाहाल भारत भ्रमणको तयारीमा छन् । परराष्ट्र मन्त्री बिना भ्रमणको तयारी गर्न प्रधानमन्त्री दाहाललाई व्यवस्थापकीय अप्ठ्यारो छ । त्यसैका लागि उनी जतिसक्दो चाँडो परराष्ट्र मन्त्री नियुक्त गर्न चाहन्छन् ।

प्रधानमन्त्री सचिवालय स्रोतले भन्यो,‘प्रधानमन्त्री ज्यू भारत भ्रमणको तयारीमा छन् । त्यसअघि नै उहाँ परराष्ट्र मन्त्री नियुक्त गर्ने पक्षमा हुनुहुन्छ । परराष्ट्र मन्त्री विना भारत भ्रमण गर्ने बिषय भएन । त्यसो हुँदा जतिसक्दो चाँडो परराष्ट्र मन्त्री नियुक्त गर्नु पर्ने आवश्यकता थियो ।’

प्रधानमन्त्री दाहाल गत १० पुसमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । त्यसएता उनले ७ औं पटक मन्त्रीपरिषद् विस्तार गरिसकेका छन् । प्रधामन्त्री अहिले पनि ५ मन्त्रालयको नेतृत्व गरिरहेका छन् । बिशेषगरी काँग्रेसको भागमा परेको मन्त्रालय अहिले खाली छ । बाँकी मन्त्री भने १० बैशाखको उपनिर्वाचनपछि मात्रै हुने प्रधानमन्त्री कार्यालयको भनाई छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार