लुटपाट गरेको अभियोगमा चार जना पक्राउ


झापा । नगद १ लाख ४५ हजार रुपैयाँ र काठको गोलिया ६९ थान लुटपाट गरेको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दमक नगरपालिका–९ शान्तिमार्ग बस्ने ३६ वर्षीय सन्तोष कुमार पराजुली समेत ४ जना रहेका छन् । दमक नगरपालिका–९ चिया बगानस्थित ईलामबाट चिलाउनेको काठ लोड गरी आएको मे.१ त ५००९ र मे.१ त ४९४७ नम्बरको ट्याक्टरका चालकलाई अपरिचित ७/८ जना व्यक्तिहरूले कुटपिट समेत गरी उक्त काठ र नगद लुटि लगेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

Dengue

यसको साथै लुटपाट गरी उक्त चिया बगानमा लुकाई राखेको काठसमेत प्रहरीले बरामद गरेको छ । घटनामा संलग्न हाल फरार अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार