ब्राउन सुगरसहित धनगढी विमानस्थलबाट एक युवक पक्राउ

धनगढी । ब्राउन सुगरसहित कैलालीका एक युवकलाई विमानस्थलबाट पक्राउ गरिएको छ । नेपालगञ्ज विमानस्थलबाट कैलालीको घोडाघोडी नगरपालिका – २ बस्ने २२ वर्षिय अमुल क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

विमानस्थल सुरक्षा गार्डको प्रहरी टोलीले शुक्रबार बिहान जाँच गर्ने क्रममा ब्राउनसुगरसहित उनलाई पक्राउ गरेको बताईएको छ । उनका साथबाट ४५ ग्राम ब्राउनसुगर बरामद गरिएको बाँके प्रहरीले जनाएको छ ।

Dengue

उनी श्री एरलायन्सबाट काठमाडौँतर्फ जान लागेका थिए । पक्राउ परेका क्षेत्रीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार