ढाकाकुमारलाई रविको आग्रह– यो यात्रामा हामीलाई सघाउनुहोला

चितवन: चितवन क्षेत्र नम्बर २ का उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीबाट निलम्बित सांसद ढाकाकुमार श्रेष्ठलाई पार्टीलाई सघाउन आग्रह गरेका छन्।

आफ्नो चुनाव क्षेत्रमा व्यस्त लामिछानेले पार्टीले कारबाही गरेका कारण विभिन्न चेतावनी दिनुको साटो पार्टीको चुनावी अभियानलाई सघाउन अनुरोध गरेका हुन्।

Seti Hospital

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि समानुपातिक सांसद ढाकाकुमारलाई रास्वपाले साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निलम्बन गर्नाका साथै उनी सांसद पदमा नरहेको पत्र संसद् सचिवालयमा पठाइसकेको छ।

रास्वपाद्वारा ढाकाकुमार श्रेष्ठ सांसद नरहेको पत्र संसद् सचिवालयमा दर्ता

तर ढाकाकुमार आफू अन्यायमा परेको दाबी गर्दै मन्त्री बन्नका लागि आफूसँग पैसा माग्ने सभापति लामिछानेको कोर टिम सार्वजनिक गर्ने चेतावनी दिइरहेका छन्। साथै उनले आफूलाई सांसद पदबाट हटाएकोविरुद्ध मुद्दा हाल्ने पनि भनिरहेका छन्।

यसै सन्दर्भमा शनिबार चितवन २ मा आयोजित चुनावी सभामा बोल्दै सभापति लामिछानले ढाकाकुमारलाई आफ्नो अभियानमा सघाउन अनुरोध गरेका हुन्।

‘जो साथी बाहिरिनुभएको छ, उहाँलाई यति मात्र भन्न चाहन्छु– यो यात्रामा हामीलाई सघाउनुहोला, मुद्दा हाल्छु, यो गर्छु त्यो गर्छु नभन्नुहोला।’

पुराना दलले आफ्नो नेताका भ्रष्टाचारसम्बन्धी अडिओरभिडिओ सार्वजनिक गरे पनि संरक्षण गरेको तर आफ्नो पार्टीले शून्य सहनशीलता अपनाएर अडिओ सार्वजनिक हुनासाथ ढाकाकुमारलाई कारबाही गरेको बताए।

आफ्नो पार्टी भ्रष्टाचारमुक्त देश बनाउने अभियानमा रहेको दाबी पनि उनले गरे।

ढाकाकुमारलाई संकेत गर्दै उनले अगाडि थपे, ‘यो यात्रामा धोका दिनेलाई महापाप हुनेछ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार