सातामा प्रतितोला ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत साताको शुक्रबारको तुलनामा यो साताको अन्तिम कारोबार दिनसम्म सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ कायम थियो । जबकी, यो साताको अन्तिम कारोबार दिन बिहीवारसम्ममा सुनको मूल्य तोलामा १ लाख १० हजार ८०० रुपैयाँ कायम छ । यो साताको शुक्रबार नेपाली नयाँ वर्ष परेर सुनको कारोबार भएन ।

Dengue

यस्तै, गत साताको शुक्रबार तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ रहेको तेजाबी सुनको मूल्य समेत बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको अन्तिम कारोबार दिनसम्ममा तेजाबी सुनको मूल्य १ लाख १० हजार २५० रुपैयाँ कायम छ । यसैगरी, यो साता चाँदीको मूल्य भने १० रुपैयाँले बढेको छ ।

महासंघले गत साता चाँदीको मूल्य तोलामा १४ सय ४० रुपैयाँ रहेकोमा यो साताको अन्तिम कारोबार दिनसम्म १४ सय ५० रुपैयाँ कायम भएको जानकारी दिएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार