सुदूरपश्चिममा एकैदिन ३६ जनामा कोरोना संक्रमण पुष्टी

धनगढी । बिहीबार सुदूरपश्चिममा ३६ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा सात सय ८० जनाको परीक्षण गर्दा ३६ जनामा सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सङ्क्रमण पुष्टि हुने सबै भारतबाट फर्किएका रहेका निर्देशनालयका कोभिड-१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिएका छन् । सीमा नाकामै गरिएको एन्टिजेन परीक्षणमा उनीहरूमा सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ । भारतसँग सीमा जोडिएका जिल्लाका सबै नाकामा हेल्थ डेस्क स्थापना गरेर परीक्षण कार्य जारी रहेको छ ।

Dengue

पछिल्लो समय कोरोना संक्रमण बढेसँगै सुदूरपश्चिममा चैत महिनामा सङ्क्रमण देखिएको यो सबैभन्दा बढी हो । नाकामा परीक्षण गरेर फर्किन दिइरहेको भए पनि सङ्क्रमितलाई होम आइसोलेशनमा बस्ने भन्ने गरिएको छ । सङ्क्रमितको होम आइसोलेशनमा नबस्दा समुदायमा जोखिम बढेको छ ।

सुदूरपश्चिममा हालसम्म छ लाख ५४ हजार ८८ जनाको कोरोना परीक्षण गरिएकोमा ६२ हजार एक सय ६८ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमणका कारण हालसम्म छ सय ३५ जनाको ज्यान गइसकेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार