‘कारागारलाई सुधारगृहका रुपमा विकास गर्नुपर्छ’- श्रेष्ठ

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले कारागारलाई सुधारगृहका रूपमा विकास गर्नुपर्ने बताएका छन् । बिहीबार कारागार व्यवस्थापन विभाग अवलोकनपछि उपप्रधानमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । ‘कारागारलाई सुधारगृहका रूपमा सञ्चालन गर्नुपर्छ भन्ने मान्यतालाई हामीले स्थापित गर्नुछ, त्यो अनुकूल वातावरण बनाउनुछ’, गृहमन्त्री श्रेष्ठले भने, ‘त्यसमा हामीले गृहकार्य गर्नुपर्ने आवश्यकता छ ।’

बजेटलगायतका कारण उक्त कार्यका लागि सरकारका पनि केही सीमाहरू भएको चर्चा गर्दै साँच्चिकै सुधारगृह बनाउने काममा योजना बनाएर लाग्नुपर्ने र त्यसमा आफू प्रतिबद्ध रहेको बताएका छन् ।

Dengue

त्यस्तै, गृहमन्त्री श्रेष्ठले एकातर्फ सीमित स्रोतसाधनका बाबजुद धेरै कैदीबन्दीको व्यवस्थापन गर्नुपर्ने चुनौतीपूर्ण जिम्मेवारी रहेको र अर्कातर्फ त्यहाँ भित्रैका नाइकेहरूको अनावश्यक दबाबको कुरा पनि आफूले सुनेको बताए । ‘अनावश्यक दबाब हामी झेल्छौँ, मैले झेल्छु । म विभागका अधिकारीहरूलाई तत्काल सुधारको दिशामा लाग्न निर्देशन गर्दछु’, उनले भने, ‘तत्काल के–के गर्नुपर्छ भन्ने सूची बनाउनुस् । त्यो सूची आओस् हामी त्यसलाई कार्यान्वयनमा लान्छौँ ।’

योसँगै अब विकृति र खराब कार्यहरूमा व्यापक परिवर्तन आवश्यक रहेको गृहमन्त्री श्रेष्ठको भनाइ रहेको छ । ब्रिफिङका क्रममा विभागका अधिकारीहरूले सीमित स्रोतसाधनका बाबजुद धेरैको व्यवस्थापन गर्नुपरेको र क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपरेको गुनासो गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार