ट्वीटरले बिबिसीको ट्यागलाई गर्‍यो परिवर्तन

ट्विटरका मालिक तथा टेस्ला र स्पेसएक्सका सिइओ एलन मस्कले बेलायती ब्रोडकास्टिङ कर्पोरेसन ( बिबिसी ) ट्यागलाई ‘सार्वजनिक अनुदान प्राप्त मिडिया’मा परिवर्तन गरेका छन्।

बिबिसी उत्तर अमेरिकाका सम्पादक जेम्स क्लेटनलाई बुधबार दिएको अन्तर्वार्तापछि ट्वीटरले बिबिसीको ट्यागलाई ‘सरकारी अनुदान प्राप्त मिडिया’ बाट ‘सार्वजनिक अनुदान प्राप्त मिडिया’मा परिवर्तन गरेको हो।

अन्तर्वार्ताको क्रममा मस्कले ट्वीटरमा बिबिसीको खातालाई ‘सरकारी अनुदान प्राप्त मिडिया’ भनेर लेखिनुको कारणबारे टीप्पणी गरेका थिए।

ट्वीटरले आफूलाई सरकारी अनुदानबाट चलेको भनेपछि बिबिसीले आपत्ति जनाएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार