कैलालीबाट झण्डै डेढ लाख नगदसहित १५ जुवाडे पक्राउ

कैलाली । कैलालीबाट झण्डै डेढ लाख नगदसहित १५ जुवाडे पक्राउ परेका छन् । बुधबार कैलालीको टिकापुर नगरपालिका १ बाट जुवातास खेलिरहेको अवस्थामा एक लाख ४५ हजार सात सय ९० रुपैयाँसहित १५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार टिकापुर नगरपालिका १ ब्लक नं. १४ स्थित खडक बहादुर शाहीको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा छापा मार्दा ३१ हजार ६ सय ९५ रुपैयाँसहित पाँच जनालाई पक्राउ गरिएको हो । त्यस्तै, सोही नगरपालिका ब्लक नं. ०५ बस्ने बर्ष ६८ को दिल प्रसाद शेरचनले सञ्चालन गरेको ३ तले न्यु ब्रान्च होटलबाट १ लाख १४ हजार ९५ रुपैयाँसहित १० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Seti Hospital

पक्राउ पर्नेमा कैलालीको टिकापुर नगरपालिका वडा नम्बर १ बस्ने ४६ वर्षिय खडक बहादुर शाही, ५६ वर्षिय उदय राब ढुङगाना, ५३ वर्षिय सुर्य बहादुर कालुङमगर, ५६ वर्षिय बिक्रम बहादुर खड्का र कञ्चनपुर बेतकोट नगरपालिका १ बसन्थला बस्ने ३२ वर्षिय प्रेम देउवा रहेका छन् ।

त्यस्तै, टिकापुर नगरपालिका वडा नम्बर १ बस्ने ६८ वर्षिय दिल प्रसाद शेरचन, ६६ वर्षिय टंक बहादुर रावल, ४९ वर्षिय देब बहादुर रावल, राजिपुर बस्ने ६३ वर्षिय चक्रकान्त तिमिल्सेना, ५३ वर्षिय राजु हमाल, नरेश रावल, हस्त बहादुर शाही, दल बहादुर साँउद, हिरालाल कोईराला र लोक बहादुर साँउदलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय टिकापुरमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार