सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी ३ जनाको मृत्यु

सोलुखुम्बु: सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी ३ जनाको मृत्यु भएको छ ।

सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाका अनुसार खुम्बु आइसफल भत्किएर हिमपहिरो जाँदा क्याम्प-१ भन्दा तल हिउँमा पुरिएर खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ का तीन जना शेर्पा आरोहीको मृत्यु भएको हो ।

Dengue

मृत्यु हुनेहरूमा लाक्पा रिता शेर्पा, तेन्जिङ शेर्पा र बादुरे शेर्पा रहेका छन् ।

पहिरोका कारण मृतकको शव खोंचमा पुरिएको हुनाले शव निकाल्न हेलिकोप्टर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार