जेसिज एभरेस्ट धनगढी हाफ म्याराथन २०२३ को तयारी पुरा

धनगढी । ‘अब धनगढी दौडिन्छ’ भन्ने मूल नाराका साथ नयाँ वर्षमा हुने जेसिज एभरेस्ट धनगढी हाफ म्याराथन २०२३ को तयारी पुरा भएको छ ।

नयाँ वर्षको अवसरमा धनगढी जेसिजले आयोजना गर्न लागेको म्याराथनको तयारी पुरा भएको बुधबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो । धनगढीमा हरेक वर्ष वैशाख १ गतेका दिन आयोजना हुन लागेको म्याराथनको यो नवौँ संस्करण हो ।

Dengue

प्रतियोगिताका संयोजक मनिस कुँवरले प्रत्येक वर्षजस्तै यो वर्ष पनि हाफ म्याराथन प्रतियोगिता हुन लागेको बताए । धनगढी रंगशालाबाट सुरु हुने दौड प्रतियोगितामा म्याराथनको खुला दौडका अन्तरगत २१.१ किमी दौडमा प्रथमलाई नगद ५५ हजार पाँच सय ५५, द्वितीयलाई ३३ हजार तिन सय ३३ र तृतीयलाई २२ हजार दुई सय २२ नगद पुरस्कार राखिएको छ ।

यस्तै कर्पोरेट र मिडिया तर्फको ५ किमी दौडमा प्रथमलाई पाँच हजार पाँच सय ५५, द्वितीयलाई तिन हजार तिन सय ३३ र तृतीयलाई दुई हजार दुई सय २२ नगद पुरस्कार राखिएको छ ।

महिला तर्फ ५ किमी दौडमा प्रथमलाई पाँच हजार पाँच सय ५५, द्वितीयलाई तिन हजार तिन सय ३३ र तृतीयलाई दुई हजार दुई सय २२ नगद पुरस्कार राखिएको मूल आयोजक समितिका संयोजक कुँवरले जानकारी दिए । यस्तै टाई साइकल रेस पनि गरिने जानकारी दिएका छन् । टाई साइकल रेसमा सहभागीलाई सम्मान सहित पुरस्कार दिइने जनाएको छ ।

जेसिजका अध्यक्ष मोहनराज ओझाले प्रतियोगितामा धावक, नेपाल आर्मी, नेपाल प्रहरी, शशस्त्र प्रहरी लगायत २ सय ५० जनाको नाम दर्ता भइसकेको र स्थानीयहरुको पनि सहभागिता गराउने क्रम जारी रहेको बताए । प्रतियोगिताको प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबाट समुदघाटन गर्ने कार्यक्रम तय भएको अध्यक्ष ओझाले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार