बझाङमा ‘कमल बोहरा स्मृति भलिबल तथा डेउडा प्रतियोगिता’ सुरु

बझाङ । बझाङको बित्थडचिर गाउँपालिकामा कमल बोहरा स्मृति भलिबल तथा डेउडा प्रतियोगिताको सुरु भएको छ । नेकपा एमाले बित्थडचिर गाउँ कमिटीद्वारा आयोजित प्रथम स्मृति भलिबल तथा डेउडा प्रतियोगिता मंगलबार देउलेखमा सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन एमालेका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री प्रकाशबहादुर शाहले गरेको हुन । प्रतियोगिता उद्घाटन समारोहका प्रमुख अतिथि शाहले खेलाडी राष्ट्रका गहना भएको बताए । उनले खेलाडी अनुशासित हुने भन्दै सबैले सिक्नुपर्ने बताए ।

Dengue

यस्तै कार्यक्रमका बिशिस्ट अतिथि नेकपा एमाले केन्द्रिय सदस्य लिलाधर भट्टले स्वर्गीय कमल बोहराको स्मृतिमा श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको नाम अक्षय कोष स्थापना गर्नुपर्ने बताए । साथै एमालेले सञ्चालन गरेको ग्रास रुट अभियानले सार्थकता पाइरहेको बताए । नेकपा एमाले बझाङ जिल्ला अध्यक्ष दमन भण्डारीले खेलकुद तथा डेउडा प्रतियोगिताले स्थानीय कला संस्कृतिको जगेर्ना हुने बताए । यस्तै नेकपा एमालेले युवाहरूका क्षेत्रमा निरन्तर काम गरिरहेको बताए ।

यस्तै कार्यक्रमका अध्यक्ष तथा एमाले बित्थडचिर गाउँपालिका अध्यक्ष दिपेन्द्र बोहराले स्थानीय कला संस्कृतिको संरक्षण तथा खेलकुदको विकासको लागि प्रतियोगिता आयोजना गरिएको बताए । उनले देवेश्वरी माध्यमिक विद्यालयका अनेरास्ववियु प्रारम्भिक कमिटी अध्यक्ष कमल बोहराको प्रथम स्मृति दिवसको अवसरमा आयोजित प्रतियोगिताले निरन्तरता पाउने र अक्षय कोष समेत स्थापना गरिने बताए ।

प्रतियोगिताको विजेताले ३१ हजार १११ रुपैयाँ तथा तथा उपविजेताले २१ हजार १११ रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै तेस्रो हुने टोलीले नगद ११ हजार १११ रुपैयाँबाट पुरस्कृत हुनेछन ।खेल देवेश्वरी मावि देउलेखको खेलमैदानमा भइरहेको छ । यस्तै ‘स्थानीय कला र संस्कृति, संरक्षण गरौं हटाएर विकृति’ शीर्षकमा वडा स्तरीय महिला पुरुष डेउडा प्रतियोगिता समेत भइरहेको छ ।

डेउडा प्रतियोगितामा विजेताले १५ हजार, उपविजेताले १० हजार प्राप्त गर्नेछन् । यस्तै तेस्रो हुने टोलिले ५ हजार पुरस्कार प्राप्त गर्ने अध्यक्ष बोहराले बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार