रास्वपा सांसदको ‘चन्दा’ प्रकरणः अख्तियारमा उजुरी दिएर छानविनमा सघाउने रविको प्रतिबद्धता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसद डा. ढाकाकुमार श्रेष्ठको विवादास्पद टेलिफोन संवादबारे छानबिन गर्न आफूले सघाउने बताएका छन् । आफ्नो पार्टीको सांसदले बार्गेनिङ गरेको अडियो बाहिरिएसँगै उनले छानबिनमा सघाउन आफैले प्रहरी प्रशासन र अख्तियारमा निवेदन दिने बताएका हुन् ।

आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि प्रचारप्रसारमा बारा जिल्लाको गढीमाई मन्दिरमा बोल्दै पार्टी सभापति लामिछानेले ७२ घण्टाको अल्टिमेटम दिएको र थप अनुसन्धानका लागि प्रहरी र अख्तियारमा निवेदन दिने बताएका छन् ।

Dengue

‘यो प्रकरणबारे पार्टीभित्र छानबिन हुँदैछ, त्यसबीचमा सांसद श्रेष्ठलाई कानुनी कारबाहीमा ल्याउन अनुसन्धानका लागि प्रहरी प्रशासन र अख्तियारमा निवेदन दिनेछौँ’, उनले भने, ‘दोषिलाई छुट दिनु हुँदैन र हामी सोहि मान्यता अनुसार नै अघि बढेका छौँ ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार