आइपिएलमा चेन्नईको लगातार दोस्रो जित

काठमाडौं: इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सले लगातार दोस्रो खेलमा जित निकालेको छ। आइपिएलको सर्वाधिक सफल टिम मुम्बइ इन्डियन्सलाई ७ विकेटले पराजित गर्दै चेन्नईले तेस्रो खेलमा दोस्रो जित निकाल्यो।

आफ्नो १ हजारौं आइपिएल खेलमा चेन्नईले मुम्बइले दिएको १५८ रनको लक्ष्य ११ बल बाँकी हुँदै ३ विकेट गुमाएर पुरा गरेको थियो। चेन्नईको रवाफिलो जितमा आजिंक्य रहाणेले सर्वाधिक ६१ रन बनाएका थिए। त्यस्तै ओपनर ऋतुराज गाइक्वाडले ४० रन बनाएर अविजित रहँदा शिवम दुवेले २८ रन बनाएका थिए। त्यस्तै अम्बाती रायडु २० रनमा अविजित रहे।

Seti Hospital

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बइले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियो। उसका लागि इशान किशनको ३२ रन सर्वाधिक रह्यो। त्यस्तै टिम डेभिडले ३१ रन बनाएँदा तिलक वर्माले २२ रन बनाए। त्यस्तै कप्तान रोहित शर्माले २१ तथा ऋतिक स्वकीनले १८ रन बनाएका थिए। चेन्नइका लागि रविन्द्र जडेजाले ३ विकेट लिंदा मिचेल स्यान्टनर र तुसार देशपाण्डेले समान २(२ विकेट लिएका थिए।

जारी आइपिएलमा चेन्नई पहिलो खेलमा गुजरातसँग पराजित भएपनि त्यसपछि लखनउ र मुम्बईलाई पराजित गर्दै चौंथो स्थानमा उक्लियो। पराजित मुम्बइको भने यो लिगमा लगातार दोस्रो हार हो। यसअघि पहिलो खेलमा मुम्बइ आरसीबीसँग पराजित भएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई call24news.media@gmail.com मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार