सनराइजर्स हैदराबादलाई ५ विकेटले हराउँदै लखनउको दोस्रो जीत

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२३ मा शुक्रवार राति भएको खेलमा सनराइजर्स हैदराबादलाई ५ विकेटले हराउँदै लखनउ सुपर जोइन्टस्ले जितेको छ ।

शुरूमा ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाउँदै १२१ रन बनाएको थियो । जवाफी ब्याटिङ गर्दै लखनउले २१ बल खेल्न बाँकी छँदै लक्ष्य भेट्टायो ।

Dengue

घरेलु मैदान अटल बिहारी वाजपेय स्टेडियममा लखनउ टीमका कप्तान केएल राहुलले सर्वाधिक ३५ रन बनाए । हैदराबादका ३ विकेट झारेका क्रुणाल पंड्याले ३४ रन बनाए । पंड्या ‘प्लेयर अफ द म्याच’ छानिएका छन् ।

पछिल्लो जीतसँगै अंंक तालिकामा लखनउ शीर्ष स्थानमा उक्लिएको छ । यसअघि लखनउले दिल्ली क्यापिटल्सलाई ५० रनले हराएको थियो भने चेन्नई सुपर किंग्ससँग १२ रनले हारेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार