थप ९९ जनामा काेराेना सङ्क्रमण पुष्टि

काठमाण्डौ – पछिल्लो २४ घण्टामा देशभर ९९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । एक हजार छ सय ३५ नमुनामध्ये एक सय ७७ जनाको पीसीआर परीक्षण गर्दा ४१ र एक हजार चार सय ५८ जनाको एन्टिजेन परीक्षण गर्दा ५८ गरी ९९ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यही अवधिमा थप २६ जना सङ्क्रमित निको भएका छन् । कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ७३ जना पुगेको छ । सङ्क्रमितमध्ये चार जनालाई आईसीयूमा र एक जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

Dengue

यसैबीच २४ घण्टामा १७ हजार छ सय ६६ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार