सरकारले बिहीबार न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै

काठमाडौं । सत्ता गठबन्धनमा सहभागि दलले आज न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दैछन् । न्यूनतम साझा कार्यक्रम निर्माणका लागि सत्ता साझेदार दलले बिशेष कार्यदल गठन गरेको थियो ।

कार्यदलमा कांग्रेसका तर्फबाट रमेश लेखक, माओवादी केन्द्रका तर्फबाट शक्तिबहादुर बस्नेत, जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ र नेकपा एकीकृत समाजवादीबाट विजय पौडेल सहभागि छन् । सत्ता साझेदार दलबीच गत मंगलवार बैठक बसेको थियो । उक्त बैठकमा न्यूनतम साझा कार्यक्रमको सन्र्दभमा छलफल भएको थियो ।

Dengue

कार्यदलले बिशेषगरी सम्वन्धित दलले निर्वाचनका बेला गरेको घोषणा पत्रलाई अध्ययन गरि न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ । कार्यदललाई न्यूनतम ९ वटा विषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाउन दलका शिर्ष नेताले निर्देशन दिएका छन् ।

सोही निर्देशन अनुसार कार्यदलले सरकारको निती तथा कार्यक्रमको मस्यौदा तयार गरेको हो । मस्यौदालाई आज बस्ने सत्ता गठबन्धनको बैठकले अन्तिम ‘टच’ दिनेछन् । र, कार्यक्रम सार्वजनिक गर्नेछन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार