एस.टि.एस धनगढी पेनाल्टी सुटआउट हुदैं

भक्तराज जोशी

धनगढी : नयाँ बर्ष २०८० को पुर्वसन्ध्यामा फाप्ला खेल ग्राममा पेनाल्टी सुट आउट प्रतियोगिता हुने भएको छ । बिगत ११ बर्षदेखी हुँदै आएको एस-टि-एस पेनाल्टी सुट आउट प्रतियोगिताले यस बर्षपनि निरन्तरता पाउने भएको हो ।चैत ३० गते रकस्टार ईभेन्ट्सको आयोजनामा हुन लागेको एस-टि-एस धनगढी पेनाल्टी सुटआउट प्रतियोगितामा कम्तिमा ४० टिमको सहभागिता रहने प्रतियोगिताका अध्यक्ष दिनेश श्रेस्ठले जानकारी दिए । ३५ बर्ष माथीका खेलाडीले मात्रै खेल्न पाउने पेनाल्टी सुट आउट प्रतियोगिता यस बर्ष निशुल्क प्रवेश सहित फाप्ला खेलग्राममा गरिन लागेको श्रेस्ठले बताए ।
प्रतियोगिताको बिजेताले १ लाख ५० हजार नगद सहित ट्रफी मेडल प्राप्त गर्ने आयोजकले बताएको छ । उप बिजेताले ७५ हजार नगद सहित ट्रफी मेडल प्राप्त गर्ने अध्यक्ष श्रेस्ठले बताए । यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडीले नगद १०,००० सहित ट्रफी मेडल प्राप्त गर्ने उनले बताए । आगामी २७ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने छ, दर्ता शुल्क रु १०,००० राखिएको छ ।
यस पटक सुदूरपश्चिम ११ स्पोट्स क्लव फाइनल र सेमी फाइनलको पेनाल्टीबाटै बाहिरियो यो हेर्दा पेनाल्टी निकै आवश्यक देखिएको श्रेस्ठले बताए ।एस-टि-एस धनगढी पेनाल्टी सुटआउटले समग्र पेनाल्टीको क्षेत्रमा समेत योगदान दिने उनको अपेक्षा छ । बिगत ११ बर्षदेखी हुँदै आएको एस-टि-एस धनगढी पेनाल्टी सुट आउट प्रतियोगिता चैत्र मसान्त साँझ आयोजना हुने प्रतियोगिता संयोजक तथा रकस्टार मिडियाका प्रबन्ध निर्देशक जितेन्द्र रावलले बताए । पुरानो बर्षको बिदाई र नयाँ बर्षको स्वागत गर्ने अवसर पेनाल्टी सुटआउटले दिने गरेको रावलले बताए ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार