यी हुन् मन्त्री बनाउनका लागि अन्तिम छलफलमा रहेका नाम र पाउने मन्त्रालय (सूचीसहित)

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । बिहीबार अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहमति नभएपछि मन्त्रिपरिषद् विस्तार मिति आजलाई सरेको हो ।

प्रधानमन्त्रीलाई आज दलहरूले आ-आफ्नो दलको तर्फबाट सरकारमा क-कसलाई पठाउने सूची बुझाउने छन् । बिहान ११ बजेसम्म दलहरूले प्रचण्डलाई नाम बुझाउने र आजै दिउँसो शपथ गराउने तयारी गरिएको छ ।

Dengue

अन्तिम छलफलमा रहेका नाम
कांग्रेस (८)
पूर्णबहादुर खड्का (उपप्रधानसहित रक्षा
प्रकाशशरण महत (अर्थ
रमेश रिजाल (परराष्ट्र
सीता गुरुङ( भूमि व्यवस्था

अरु टुंगो लाग्न बाँकी

माओवादी केन्द्र (५)
पुष्पकमल दाहाल ‘प्रचण्ड’ (प्रधानमन्त्री
नारायणकाजी श्रेष्ठ (गृह
रेखा शर्मा (सञ्चार
सुदन किराती (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
अमनलाल मोदी (महिला तथा बालबालिका
शक्ति बस्नेत (ऊर्जा

एकीकृत समाजवादी (२)
वेदुराम भुसाल (कृषि
प्रकाश ज्वाला (भौतिक पूर्वाधार तथा यातायातमन्त्री

जसपा (२)
शिक्षा मन्त्रालय
अर्को टुंगो लाग्न बाँकी

लोसपा (१)
शरतसिंह भण्डारी (श्रम

नेसपा (१)
महिन्द्र राय यादव (खानेपानी

नागरिक उन्मुक्ति (१)
रञ्जिता श्रेष्ठ (युवा तथा खेलकुद

जनमत (१)
अब्दुल खान (उद्योग

आम जनता पार्टी (१)
मन्त्रालय टुंगिन बाँकी

राष्ट्रिय स्वतन्त्र पाटीलाई भने उपनिर्वाचनपछि सरकारमा सहभागी गराउने समझदारी छ । मन्त्रिपरिषद् विस्तार अघिसम्ममा मन्त्रालय हेरफेर हुन सक्ने नेताहरूको भनाइ छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार