सबैले बोल्न पाउनु मात्र लोकतन्त्र होइन : महामन्त्री शर्मा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सबैले बोल्न पाउनु मात्रै लोकतन्त्र नभएको बताएका छन् । काठमाडौंमा आयोजित जुत्ता प्रदर्शनीमा बोल्दै उनले लोकतन्त्र भनेको बोल्न पाउनु मात्रै नभई बोलेको कुरा सरकारले कतिको सुनेको छ, भन्ने कुरा पनि भएको अभिव्यक्ति दिएका छन् ।

‘लोकतन्त्र भनेको कति धेरैले बोल्न पायो भन्ने होइन । बोलेको कुरा सरकारले कति सुन्यो भन्ने कुरा अबको लोकतन्त्रको परिभाषा हो ।’, उनले भने, ‘नेपालको अर्थतन्त्र धराशायी भएको र अहिलेको जुत्ता प्रदर्शनीले नेपालको अर्थतन्त्रलाई ढल्न नदिनको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।’

Dengue

त्यस्तै, शर्माले नेपाली बजारमा उत्पादन बढाउन आवश्यक भएको र सकेसम्म आफ्नो देशको उत्पादन प्रयोग गर्न प्रोत्साहित गर्नुपर्ने बताएका छन् । अर्थतन्त्रको विकासमा निजी क्षेत्रको ठुलो भूमिका रहेको भन्दै सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता औँल्याए । उनले भने ‘सरकारको काम जुत्ता उत्पादन गर्ने होइन । त्यो निजी क्षेत्रको काम हो ।’

उनले सरकारले जनताको आवश्यकता बुझेर मात्र काम गर्नुपर्ने बताए । मिटरव्याजी पिडीतहरुलाई प्रधानमन्त्री आफैँले भेटेर उनीहरूको मागको सम्बोधन गर्नुपर्ने उनको आग्रह छ । राज्य आफैँले हरेक क्षेत्रमा सशक्त रूपमा पहल गर्नुपर्ने र न्यूनतम उत्पादनमा पनि राज्यले ध्यान दिनुपर्ने बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार