तीन दिनमा सुनको भाउ १८ सय रुपैयाँले घट्यो

कैलाली । मंगलबार सुनको भाउमा भारी गिरावट भएको छ । चैत १४ गते, तोलामा नै एक हजार रुपैयाँले सस्तिएको छ । सुनको भाउ निरन्तर तेश्रो दिन ओरालो लागेको हो ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचााद्यी व्यवसायी महासंघले जनाएको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ७ हजार ५०० रुपैयाँमा झरेको छ ।

Dengue

सोमबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले घटेर प्रतितोला एक लाख ९ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । पछिल्लो तीन दिनमा सुन तोलामा एक हजार ८०० रुपैयाँले सस्तिएको छ ।

मंगलबार सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ । आज चाँदी प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार ३५५ रुपैयाँमा किनबेच भइरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार